२०८१ श्रावण १२

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
  • लुम्बिनी खोज
  • २०८१ बैशाख १९, बुधबार ०७:५२ गते

बुटवल १९ बैशाख ।
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । यस वर्षको अन्तरराष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज बुधबार विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ।
अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाइने गरिन्छ।
विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् ।
मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्दछ ।
नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ । मजदूर दिवसका अवसरमा विभिन्न क्षेत्रबाट शुभकामना ब्यक्त गरिएको छ ।