२०८१ श्रावण १२

प्रतितोला २७ सय रूपैयाँ घट्यो सुनको भाउ
  • लुम्बिनी खोज
  • २०८१ बैशाख १९, बुधबार ०८:०४ गते

बुटवल १९ बैशाख ।
आज बुधबार एकैदिन सुनको भाउ तोलामा २७ सय रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य करिब २ प्रतिशत घटेपछि नेपाली बजारमा सोअनुसार मूल्य समायोजन गरिएको हो ।
चाँदीको मूल्य पनि बुधबार घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ हजार ६३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।