२०८१ श्रावण १२

मौसममा पश्चिमी र स्थानीय वायुको प्रभावः कतै वर्षा, कतै हावाहुरी आउने
  • लुम्बिनी खोज
  • २०८१ बैशाख २०, बिहीबार ०३:२२ गते

बुटवल, २० बैशाख ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ। देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहेको छ।
बिहिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली भई बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
राति भने कोशी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ।