७ जेष्ठ २०८१, सोमबार

सुन तोलामा दुई हजार बढ्यो
  • लुम्बिनी खोज
  • २० बैशाख २०८१, बिहीबार ०७:०२

बुटवल २० चैत ।
आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा रु. एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज रु. एक लाख ३६ हजार पाँच सयमा कारोवार भएको छ।
यस्तै, बुधबार रु। एक लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु. एक लाख ३५ हजार आठ सय ५० निर्धारण भएको छ।
चाँदीको मूल्य तोलामा रु. १५ ले वृद्धि भएको छ। बुधबार प्रतितोला रु. एक हजार ६ सय ३० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने रु. एक हजार ६ सय ४५ निर्धारण भएको छ ।