२०८१ श्रावण १२

राष्ट्रियसभाको विधायन समितिद्धारा लुम्बिनी गुरुयोजनाबारे स्थलगत अध्ययन
  • लुम्बिनी खोज
  • २०८१ बैशाख २१, शुक्रबार १३:३७ गते

लुम्बिनी, २१ बैशाख ।
राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बुद्धजन्मस्थल लुम्बिनीका पछिल्ला गतिविधि र सम्पदा क्षेत्रका बारेमा जानकारी लिएको छ । लुम्बिनी विकास कोषको कार्यालयमा समितिका सभापती र सदस्यहरुले लुम्बिनी गुरुयोजना अन्तर्गत योजनाहरुको कार्यान्वयन, तिलौराकोट विश्व सम्पदा सूचिमा सूचिकरण र बृहत्तर लुम्बिनी क्षेत्रका बारेमा जानकारी लिएर छलफल गरेका हुन ।
कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी गुरुयोजनाको प्रगति, कपिलबस्तु विश्वसम्पदा सूचीका सूचिकरणका अन्तिम मनोनयन दस्तावेज पेश गरिएको लगायका बिषयमा समितिलाई जानकारी गराएका थिए । उक्त अवसरमा विधायन समितिका सभापती माया प्रसाद शर्माले बुद्धजन्मस्थल लुम्बिनीका सन्दर्भममा स्थलगत अध्ययन गर्ने उदेश्यले आफुहरु आएको बताए । महत्वपूर्ण दस्तावेज, अभिलेख र ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षण तथा सम्बद्ध निकायहरूको व्यवस्थापन सम्बन्धमा आवश्यक नीतिगत विषयहरूमा संसदीय भूमिका निर्वाह गर्नुपर्ने सभापती शर्माले बताए । छलफलमा विधायन समितिका सदस्यहरु एवं राष्ट्रियसभा सदस्यहरु गोपाल भट्टराई, गोमा देवी तिमल्सिना, युवराज शर्मा, रेनु चन्द, सुमिज्ञा बि.सि.,समिति सचिव कमला शाक्यको उपस्थिती थियो ।
समितिको टोलीले शुक्रबारै बुद्धजन्मस्थल लुम्बिनी सहित कपिलबस्तुको तिलौराकोट दरबार, गोटिहवा, निग्लिहवा, कुदान लगायतका क्षेत्रहरुको भ्रमण गरेका छन ।