२०८१ श्रावण १२

गाडी र साडी मात्रै बेचेर मुलुक बन्दैनः घनश्याम भुसाल
  • लुम्बिनी खोज
  • २०८१ बैशाख २२, शनिबार १४:०७ गते

लुम्बिनी, २२ बैशाख ।
नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले गाडी र साडि मात्रै वेचेर मुलुक नबन्ने बताएका छन् । मोर्चा संगठन लुम्बिनी प्रदेशले शनिबार दाङ भालुवाङमा गरेको जनसंगठनको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले उत्पादन नगरी अर्काको देशमा उत्पादित गाडी र साडी मात्रै बेचेर मुलुक बन्न नसक्ने बताए।
उनले राष्ट्रिय पुँजीको विकास गरेर समाजवादमा नजादा सम्म मुलुक अगाडि बढन नसक्ने बताए । अहिले हाम्रो देशमा उत्पादनमा आधारित उद्योग नै स्थापना गर्ने सकेनौं, त्यसैले युवा पलायन भईरहेका छन् महासचिव भुसालले भने–अब नेपालमा राष्ट्रिय पुजीको विकास गरेर समाजवादमा जाने नीति हामीले लिएका छौं ।ु उनले रोजगारी सृजाना गर्दै मुलुकमा १० बर्षभित्र राष्ट्रिय पुजीको विकास गर्नुपर्ने बताए । नेपालमा कम्यूनिष्ट पार्टी स्थापना गर्दा सामन्ती सत्ता रहेको तर अहिले दलाल पूजीबाद रहेकाले त्यससंग जुध्न राष्ट्रिय पुजीको विकास गर्नुपर्ने बताए । महासचिव भुसालले नेकपा एकीकृत समाजवादीको महाधिवेशले अहिलेको विद्यमान समस्याबाट निकास निकाल्ने गरि नीति बनाउने समेत बताए । उनले अहिले देशमा उद्योग धन्दा धारासायी भएको र निजि क्षेत्र उत्साही हुन नसकेको बताउँदै यसको कारण दलहरूमा वैचारिक अस्पष्टता रहेको बताए । उनले अब उद्योग धन्दालाई प्रोत्साहन गर्दै त्यस्ता उद्योगलाई विद्युत, कर लगायतमा छुट दिने नीति ल्याउनुपर्ने बताए ।

०६२–६३ सालको जनक्रान्तिले समान्तवाद समाप्त पारेको बताउदै अबको बाटो राष्ट्रिय पुजीको विकास गरी रोजगारी सृजना गर्नमा केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए । नेपालका कम्यूनिष्ट पार्टीहरू वैचारिक रूपमा अलमलमा रहेकाले आफुहरूको महाधिवेशनको दस्तावेजले हलचल ल्याउने बताए । उनले आफुहरूको विद्रोह संसद विघटनसंग मात्रै नजोडिएको बताउदै केपि ओलीसंग वैचारिक र सैद्वान्तिक मतभेद पहिल्यैदेखि रहेको बताए ।
उनले पार्टीको महाधिवेशन समयमै हुने समेत बताए । महाधिवेशनको दस्तावेजले कम्यूनिष्ट पार्टीहरूमा हलचल ल्याउने समेत बताए । उनले अहिले बनेको गठबन्धनमा अस्तित्व सहित आफुहरू सहभागी भएको बताए । जनता र राष्ट्रका मुद्वामा संगैसगै हुने भएकाले सरकारका गएको समेत उनले बताए ।
प्रशिण कार्यक्रममा नेकपा (एकीकृत समाजवादी)का सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्च हरी पराजुलीले जनताका आधारभूत बिषयमा कार्यकर्तालाई केन्द्रित हुन आग्रह गरे । उनले समाजमा किसान, मजदुर, दलित, महिला तथा उत्पिडित समुदायका मुद्वा उठाउन समेत उनले आग्रह गरे । यस्तै कार्यक्रममा नेकपा एकीकृत समाजवादी लुम्बिनीका अध्यक्ष सोमप्रसाद पाण्डेयले कम्यूनिष्ट आन्दोलनमा देखिएको निराशालाई अब आफुहरूले आशामा परिणत गर्ने बताए । उनले २०७५ सालसम्म कम्यूनिष्ट बहुमत रहेकोमा एमालेका कारण त्यो घटेको समेत बताए । उनले महाधिवेशनले स्पष्ट नीति र बाटो तय गर्ने भएकाले भ्रममा नपरी संगठन निर्माणमा जुटन नेता कार्यकर्तालाई आग्रह गरे । उक्त अवसरमा लुम्बिनी प्रदेश सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि भगवती अधिकारीलाई मन्त्री भएकोमा सम्मान गरिएको थियो ।
बैठकमा नेकपा एसका विभिन्न जनवर्गिय संगठनका प्रदेश अध्यक्ष एव प्रतिनिधिहरूले रिपोर्ट प्रस्तुत गरेका थिए ।