२०८१ श्रावण १२

जसपा फुट्यो, राईको नेतृत्वमा नयाँ पार्टी
  • लुम्बिनी खोज
  • २०८१ बैशाख २३, आईतवार १२:५५ गते

 

काठमाडौँ २३ बैशाख ।
जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । संघीय परिषद्का अध्यक्ष अशोक राईको नेतृत्वमा नया पार्टी दर्ताको प्रक्रिया अगाडी बढाइएको छ ।असन्तुष्ट समूहको आइतबार बसेको बैठकले नया दल गठन गर्ने निर्णय गरेको हो। राईको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदनसमेत दिइएको छ।
संघीय संसद्का १२ मध्ये ७ जना सांसद सहित २९ जना केन्द्रीय कार्यकारीणी सदस्यहरू दल दर्तका लागि निर्वाचन आयोगमा पुगी निवेदन दिएका छन् ।
विभाजित दलमा सहभागी हुनेमा संघीय सांसदहरूमा अशोक राई, सुशिला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, विरेन्द्र महतो र हसिना खान छन् । प्रतिनिधि सभामा जसपाका १२ सांसद थिए । ७ सांसद विभाजित भएपछि जसपा नेपालको उपेन्द्रयादव पक्षमा ५ सांसद मात्र बाँकी छन् । राईको नेतृत्वमा गठित पार्टीको नाम (जसपा) राखिएको छ ।जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेका वेला पार्टी विभाजनको निर्णय भएको हो। यादवले राजेन्द्र श्रेष्ठलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएका थिए। कावा अध्यक्ष श्रेष्ठ पनि विभाजनको पक्षमा छन्।