७ जेष्ठ २०८१, सोमबार

सिटिजन लाइफ इन्स्योरेन्सले २६.९८ प्रतिशत लाभांश दिने
  • लुम्बिनी खोज
  • २४ बैशाख २०८१, सोमबार ०८:२२

बुटवल, २४ बैशाख ।     सिटिजन् लाइफ इन्स्यारेन्सले आफ्ना सेयरधनीहरुलाई २६.९८ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९÷८० को नाफाबाट सेयरधनीहरुलाई २५.५६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश दिने भएको हो ।

हाल कम्पनीको कूल चुक्ता पुँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ रहेको छ । सो बराबर कम्पनीले १ अर्ब ६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ भने ५ करोड ५९ लाख २१ हजार ५२ रुपैयाँ ६३ पैसा नगद लाभांशका रूपमा वितरण गर्नेछ ।

२०८० वैशाख २३ गते बसेको कम्पनी सञ्चालक समितिको १०६ औँ बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । यस लाभांश नियामक नेपाल बिमा कम्पनीबाट स्वीकृत भएसँगै कम्पनीको आगामी वार्षिक साधारणबाट पारित भए पनि सेयर धनीहरूमा वितरण हुनेछ ।