७ जेष्ठ २०८१, सोमबार

बुटवलमा जुवा खेलाउने १३ जना भारतीय माथि प्रहरी अनुसन्धान
  • लुम्बिनी खोज
  • २५ बैशाख २०८१, मंगलवार १३:१३

 

बुटवल २५ बैशाख ।
बुटवलमा अबैध रुपमा अनलाइन मार्फत जुवा खेलाउने १३ जना भारतीय माथि बुटवल प्रहरीले आवश्यक कारवाही प्रक्रिया अगाडी बढाएको छ । बुटवल उप महानगरपालिका वडा नं.११ कालिकानगरमा एक ब्यक्तिको घरमा अबैध रुपमा जुवा खेलाउदै आएका भारतीयहरुलाई पक्राउ गरेपछि प्रहरीले कारवाही प्रक्रिया अगाडी बढाएको हो । घरको पहिलो र दोस्रो तला भाडामा लिई अबैध रुपमा जुवा (सट्टेवाजी) संचालन गरेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।
इलाका प्रहरी कार्यालय बुटवलबाट कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक बिजयराज पण्डितको कमाण्डमा खटिएको टोलीले मोवाईल सेटहरु तथा ल्यापटप समेत प्रयोग गरी जुवा ( सट्टावाजी ) संचालन गरी अबैध तरिकाले अनलाइनबाट रकम आदान प्रदान गरेको फेला पारेको थियो । प्रहरीका अनुसार सट्टेवाजी गरिरहेको अवस्थामा उनीहरुलाई फेला पारी नियन्त्रणमा लिइएको थियो । प्रहरीले जुवा सट्टेबाजीमा प्रयोग भएको ल्ययाप्टप थान १३, मोवाईल थान ३९, राउटर थान ४ लगायतका बिधुतिय उपकरणहरु बरामद गरेका छ । प्रहरीले उनीहरु विरुद्ध जुवा तथा सट्टेबाजी कसुर अन्तरगतको शिर्षकमा मुद्दा दर्ता गरी रुपन्देही जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टले बताए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक पण्डितका अनुसार भारतीयहरुले गत मंसिरदेखि घर भाडामा लिएको पाइएको छ ।
यी हुन पक्राउ परेकाहरु
भारतको राजस्थान राज्यको झुनझुन जिल्ला चिडवा पंचायतका २५ बर्षका मुकेश कुमार, सोही ठाउका ३३ बर्ष का रबिन्द्र सिंह रहेका छन् । त्यस्तै उत्तर प्रदेश राज्य, गोरखपुर जिल्ला अस्करगंज पंचायतका २६ बर्ष का ओसिम खान, पश्चिम बंगाल राज्य, हुगली जिल्ला, कोलकता सिटिका २७ बर्षका समिम खान, राजस्थान राज्य, सिक्कर जिल्ला लक्ष्मणगढ पंचात बस्ने २५ वर्षको जुगल किशोर, राजस्थान, सिक्कर, खण्डेला पंचायत बस्ने २७ बर्षको महेन्द्र चौधरी सोही स्थानका बर्ष ३० को सिसराम चौधरीलाई पनि प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ । त्यस्तै राजस्थान राज्य, जयपुर जिल्ला अर्मडा पंचायत का बर्ष ३० को रोहित तास, राजस्थान राज्य, हनुमानगढ जिल्ला, रामपुर पंचायत बस्ने बर्ष २१ को भिमसेन चौधरी, राजस्थान राज्य, झुनझुनु जिल्ला, नवलगढ पंचायत बस्ने बर्ष २३ को मनोज कुमारलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
इप्रका बुटवलका अनुसार राजस्थान राज्य, झुनझुन जिल्ला, जयपुर पंचायत बस्ने बर्ष २६ को अनिल चौधरी,राजस्थान राज्य, सिक्कर जिल्ला, श्रीमाधवपुर पंचायतका बर्ष २४ प्रदिप चौधरी, राजस्थान राज्य, झुनझुनु जिल्ला, जयपुर पचायत बस्ने बर्ष २४ को प्रविन कुमार चौधरी पनि रहेका छन् ।