७ जेष्ठ २०८१, सोमबार

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन
  • लुम्बिनी खोज
  • २६ बैशाख २०८१, बुधबार ०८:५२

बुटवल २६ बैशाख ।
आज मातातीर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिन । वैशाख कृष्ण औँसीका दिन यो पर्व मनाइन्छ । आज आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गरी आशिर्वाद लिएर देशैभरि मातातिर्थ औंसी मनाइँदै छ । बिहानै उठी नुहाइधुवाइ गरी आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमालाई उपहार दिइ तथा मिष्ठान्न खुवाई आमाको मुख हेर्ने र आशीर्वाद थाप्ने गरिन्छ ।
आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन् । आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।