२०८१ श्रावण १२

लुम्बिनीका सभामुख चीनमा, सभामुख र चिनियाँ टोलीबीच भेटवार्ता
  • लुम्बिनी खोज
  • २०८१ बैशाख २७, बिहीबार ०८:२८ गते

बुटवल २७ बैशाख ।
चीन भ्रमणमा रहेका लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर नेतृत्वमा रहेको प्रतिनिधि मण्डल र छोङछिङ म्युनिसिपल पिपुल्स कंग्रेसका प्रतिनिधि बीच भेटबार्ता भएको छ । भेटबार्तामा संसदीय अभ्यास तथा अनुभव आदानप्रदान, छोङछिङ र लुम्बिनीका बारेमा छलफल भएको छ ।
सभामुखको सचिवालयका अनुसार सभामुख मगरले आफु पहिलो पटक छोङछिङ आएको भन्दै यहाको आर्थिक र सामाजिक विकासमा हासिल भएका उत्कृष्ट उपलब्धिहरू देखेर खुशी भएको बताए । उनले जनताको व्यवस्थित राजनीतिक सहभागिताको अनुभव सिक्न लायक भएको पनि बताए। सभामुख घर्ती मगरले चीन संगको सहकार्यमा नेपाल र लुम्बिनी प्रदेशको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे छोङछिङ म्युनिसिपल पिपुल्स कंग्रेसका स्थायी समितिका निर्देशक (सभामुख) वाङ जिओङले लुम्बिनी प्रदेश सभाका प्रतिनिधिमण्डललाई स्वागत गदै छोङछिङको आधारभूत अवस्थाको संक्षिप्त जानकारी गराए । पछिल्ला वर्षहरूमा, छोङछिङ र नेपालबीचको सहयोग तथा अनुभव आदानप्रदान झन् बढ्दै गएको पनि बताए । भेटबार्तामा महानगरीय जन कंग्रेसको स्थायी समितिका उपाध्यक्ष (उपसभामुख)चाओ शिछिङ्, महासचिब चोउ शाओचङ्, महानगरीय जन कंग्रेसको जनजातीय, धार्मिक, प्रवासी चिनियाँ र विदेश मामिला समिति उपसभापति चाङ् सुएमिन, महानगरीय सरकारको विदेश मामिला विभागका महानिर्देशक वाङ् वेन सहभागी थिए । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर, महिला नेतृ दिल कुमारी रोका, उप–सभामुख मेनुका खांड केसी, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेत माननीय तुलसी प्रसाद चौधरी र प्रदेश सभा सचिव दुर्लभकुमार पुन भेटबार्तामा सहभागी थिए । भेटमा लुम्बिनी प्रदेशका सभामुख घर्ती मगरले छोङछिङ म्युनिसिपल पिपुल्स कंग्रेसका पदाधिकारीहरुलाई लुम्बिनीको भ्रमणको लागि निम्तो दिएका छन् ।