२०८१ श्रावण १२

बुटवलमा अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु
  • लुम्बिनी खोज
  • २०८१ बैशाख २७, बिहीबार १३:३३ गते

बुटवल,२७ बैशाख ।
बुटवलमा बिहिवारदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको बिहीबार एक कार्यक्रमकाबिच बुटवल उपमहानगरपालिकाकि उपप्रमुख साबित्रादेवि अर्यालले उद्घाटन गरेकि हुन् । सो अवसरमा नगर उपप्रमुख अर्यालले खेलकुदको क्षेत्रबाट पनि बुटवललाई चिनाउन उपमहानगरपालिकाले विभिन्न खाले प्रतियोगितामा सञ्चालन गर्दै आएको भन्दै महिला भलिवल प्रतियोगिताले बुटवलसहित रूपन्देही जिल्लामा महिला खेलाडी उत्पादनमा सहयोग पुग्ने विस्वास ब्यक्त गरिन् ।
बुटवल नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा बुटवल सहित रूपन्देहीका ६ पालिकाको सहभागीता रहेको छ ।
उद्घाटन कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पिया, नगर उपप्रमख अर्याल, बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानालगायतले प्रतियोगिताको महत्त्व र उदेश्य माथि प्रकास पारेका थिए ।
यसैबीच बिहिवार भएको बुटवल उपमहानगरपालिका र गैडहवा गाउपालिकाबिचको प्रतियोगितामा बुटवल विजयी भएको छ भने तिलोत्तमा नगरपालिका र सुद्वोदन गाउपालिकाबिचको प्रतियोगितामा तिलोत्तमा नगरपालिका विजयी भएको छ ।
त्यस्तै आजै भएको सिद्वार्थनगर नगरपालिका र सुद्वोदन गाउपालिकाबिचको अर्को खेलमा सुद्वोदन विजयी भएको छ ।
तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५० हजार,उपविजेताले ३० हजार,तृतीय हुनेले २० हजार र सान्त्वना हुनेले नगद १० हजार प्राप्त गर्नेछन् ।