२०८१ श्रावण १२

स्रोत नखुलेको ९८ लाखसहित रुपन्देहीका २ जना पक्राउ, सुन तस्करीमा संलग्न रहेको प्रहरीको भनाइ
  • लुम्बिनी खोज
  • २०८१ बैशाख २८, शुक्रबार ०८:२० गते

काठमाडौं २८ बैशाख।
स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित शुक्रबार बिहान काठमाण्डौंबाट २ जना पक्राउ परेका छन् । काठमाण्डौंबाट पक्राउ परेका २ जना मध्र्ये एक जना यसअघि सुन तस्करीमा संलग्न भएको प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आज बिहान २८ वर्षीय समीर सुनार र २९ वर्षीय मिलन विकलाई पक्राउ परेको थियो ।
प्रहरीका अनुसार पक्राउ परेका दुवैजना रुपन्देहीका हुन् । दुवैजना यसअघि सुन तस्करीमा पक्राउ परेर छुटेका थिए । प्रहरीले उनीहरुलाई बा १३ च ४८५८ नम्बरको गाडीमा स्रोत नखुलेको रकमसहित पक्राउ गरेको थियो ।