२०८१ श्रावण १२

मारबाडी क्रिकेट लिगः जनकपुर र बिरगंजको सहज जित
  • लुम्बिनी खोज
  • २०८१ बैशाख २८, शुक्रबार ११:४९ गते

भैरहवा, २८बैशाख ।
भैरहवामा जारी चौथो संस्करणको नेपाल मारबाडी क्रिकेट लिग अन्तर्गत समूह ‘बी’ का शुक्रबार भएका दुई खेलमा जनकपुर रोयल्स र बिरगंज ब्लास्टरले सहज जित निकालेका छन् । जनपुरले शिवम् वारियर्स हेटौंडालाई ५७ रन र बीरगंजले लुम्बिनी लायन्स भैरहवालाई ६ विकेटले पराजित गर्दै सहज जित हात पारेका हुन् ।
भैरहवास्थित सिद्धार्थ रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय ८९ रनको बलियो योगफल बनायो । उसका लागि हर्ष शर्माले अविजित ५९ रनको योगदान गर्दा राहुल नहरले २९, आकाश मोहन्काले २६ र अनमोल चौधरीले २५ रनको योगदान दिए । बलिङमा हेटौँडाका गौतम शर्मा, आर्यन अग्रवाल, नितेष अग्रवाल र नितान्त जैनले समान १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको हेटौँडाले ७ विकेटको नोक्सानीमा १ सय ३२ रन मात्रै बनायो र हार ब्यहोर्यो । उसका लागि प्रफूल अग्रवालले ५५, शशांक चाननीले २३ र गौतम शर्माले १३ रन बनाए पनि जितका लागि पर्याप्त भएन र टिम पराजित भयो । बलिङमा जनकपुरका प्रविण अग्रवाल र राहुन नहरले २–२ तथा आषिश सराफ र रागभ मुरारकाले १–१ विकेट हात पारे । खेलमा हर्ष शर्मा म्यान अफ द म्याच भए ।
दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको बीरगंजले निर्धारित खेलमा १७ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ४ रन बनायो । उसका लागि राजन केएलले ४० र गौरव अग्रवालले ३२ रन बनाए । बलिङमा लुम्बिनीका दिनेश अग्रवालले ३, शुभम अग्रवाल र किशन शर्माले २–२ तथा राहुल अग्रवाल र सोमेश अग्रवालले १–१ विकेट लिए ।
प्रतिउत्तरमा लुम्बिनीले ७ विकेटको नोक्सानीमा जम्मा ९८ रन मात्रै बनाउन सक्यो र हार व्यहोर्यो । उसका लागि शुभम अग्रवालले ३६, आदर्श कागजीवालले १३ र मनिष गर्गले १२ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीमले सानो लक्ष्य भेट्टाउन सकेन र हार व्यहोर्यो । बलिङमा बीरगंजका राजन केएल, पियुश शर्मा, कृष्ण सोनी र समय रुगंटाले समान १–१ विकेट लिए । खेलमा राजन केएल म्यान अफ द म्याच भए । नेपाल राष्ट्रिय मारबडी युवा संठगन केन्द्रीय समितिको आयोजनामा भइरहेको प्रतियोगितामा यो समूहका खेलहरु शनिबारसम्म मात्रै संचालन हुनेछन् । प्रतियोगितामा १४ टीम सहभागी छन् । यसमध्ये समूह ‘ए’ र ‘सी’ का खेलहरु विराटनगरमा भइरहेका छन् । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भने मूलपानी क्रिकेट मैदान काठमाडौंमा हुने आयोजक संस्थाका केन्द्रीय अध्यक्ष मनोजकुमार अग्रवालले जानकारी दिए ।