२०८१ श्रावण १२

ग्लोबल सहकारीको वार्षिकोत्सवमा रक्तदान
  • लुम्बिनी खोज
  • २०८१ बैशाख २८, शुक्रबार १२:२० गते

बुटवल २८ बैशाख ।
बुटवल स्थीत ग्लोबल बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो वार्षिक उत्सबको अबसरमा आज शुक्रबार रक्त संचार केन्द्र बुटवलमा रक्तदान गरिएको छ । संस्थाका अध्यक्ष पदमलाल घिमिरेको अधक्ष्यता, बुटवल उपमहानगरपालिक सहकारी प्रमुख तथा सहकारी संस्था का बरिष्ठ सल्लाहाकार गुनाखर खनालको प्रमुख आतिथ्यता , रुपन्देही बचत तथा ऋण सहकारी संघ का लेखा संयोजक तथा सहकारी संस्थाका सदस्य पुरुषोत्तम आचार्यको बिशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाका संचालक समिति सदस्य तथा कार्यक्रम संयोजक एकादेव बस्यालले स्वागत मन्तब्य र सचिब खागेश्वर भण्डारीले कार्यक्रम सन्चालन गरेका थिए । सो कार्यक्रममा ३२ युनिट रगत संकलन भएको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथि खनालले सहकारीले सामाजिक उत्तरदायित्त्व अन्तरगत उदाहरणिय कार्य गरेको र छोटो समयमै पुराना सहकारी सरह भई सदस्य बिस्तार् , कारोबार बिस्तार तथा सामाजिक कार्यहरुमा समेत अग्रसर भएको बताए ।
सो कार्यक्रममा सल्लाहाकार ऋषिराम आर्यल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
संस्थामा हाल सम्म करिब ७ सय जना सदस्य रहेको तथा करिब ५ करोडको कारोबार रहेको संस्थाका ब्यबस्थापक लक्ष्मण रेग्मीले बताए ।