२०८१ श्रावण १२

अब नेपालमै हुण्डाईको भेन्यु कार उत्पादन
  • लुम्बिनी खोज
  • २०८१ बैशाख २८, शुक्रबार १२:५४ गते

बुटवल,२८ बैशाख ।

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनसँगको सहकार्यमा कम्पनीले नवलपरासीमा प्लान्ट स्थापना 
हुण्डाईको भेन्यु कार नेपालमै उत्पादन हुने भएको छ ।
कोरियाली सवारी उत्पादक हुण्डाईले लक्ष्मी मोटर कर्पोरेसनसँगको सहकार्यमा नेपालमा नै सवारी एसेम्बल सुरु गरेको हो । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी मोटर कर्पोरेसनसँगको सहकार्यमा कम्पनीले नवलपरासीमा प्लान्ट स्थापना गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार उक्त प्लान्ट उद्घाटन गरे ।

 

 

कार्यक्रममा प्रधानमन्त्री दाहालले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताए ।प्रधानमन्त्री दाहालले आर्थिक विकास गरेर देशलाई समृद्धि यात्रामा आगाडि बढाइने बताए । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए ।