२०८१ श्रावण १२

एकीकृत समाजवादीको बैठकमा चार प्रतिवेदनको मस्यौदा पेश
  • लुम्बिनी खोज
  • २०८१ बैशाख २९, शनिबार १६:१९ गते

काठमाडौ,२९,बैशाख ।

नेकपा (एकीकृत समाजवादी) ले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेश हुने राजनीतिक प्रतिवेदनसहितका मस्यौदामाथि आन्तरिक छलफल सुरु गरेको छ । शनिबारदेखि काठमाडौँको आलोकनगरस्थित पार्टी मुख्यालयमा सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौदा प्रस्तुत गरेका हुन्

त्यसैगरी सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, महासचिव घनश्याम भुसालले सांगठानिक प्रतिवेदन, उपाध्यक्ष डा.वेदुराम भुसालले विधान संशोधन प्रतिवेदनको मस्यौदा बैठकमा प्रस्तुत गरेका पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार प्रस्तुत प्रतिवेदनहरुमाथि आइतबार स्थायी कमिटीका सदस्यहरुले सुझाव दिनेछन् ।

नेकपा एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुँदैछ । सोही महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामाथि पार्टी भित्र छलफल सुरु गरिएको हो ।