२०८१ श्रावण १२

मारबाडी क्रिकेट लिगः बीरगंज र लुम्बिनी लायन्स सेमिफाइनलमा
  • लुम्बिनी खोज
  • २०८१ बैशाख २९, शनिबार १६:२६ गते

भैरहवा,२९बैशाख ।
बिरगंज ब्लास्टर र लुम्बिनी लायन्स, भैरहवा चौथो संस्करणको नेपाल मारबाडी क्रिकेट लिगको सेमिफाइनल प्रवेश गरेका छन् ।
यी दुई टिम समूह ‘बी’ बाट शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेका हुन् । समूह ‘बी’ अन्तर्गत शनिबार भएको अन्तिम खेलमा बीरगंजले जनकपुरमाथि १ सय १३ रनको सानदार जित निकाल्दै सेमिफाइनल पुग्दा लुम्बिनीलाई भने नेपालगंज वारियर्सले वाकओभर दिँदा सेमिफाइनल सहज भएको हो । भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको अन्तिम खेलमा टस जितेर ब्याटिङ गरेको बीरगंजले निर्धारित २० ओभरको अ‍ेलमा ५ विकेटको क्षतिमा १ सय ७० रन बलियो योगफल बनायो । उसका लागि अभय रुंगटाले ४४, रौनक केएलले अविजित ४२, गौरव अग्रवालले २० तथा सुमित कडमिया र राजन केएलले १४–१४ रनको योगदान गरे । बलिङमा जनकपुर रोयल्सका रवि अग्रवाल, आषिश सराफ, प्रविण अग्रवाल र राहुल नहरले समान १–१ विकेट लिए ।
१ सय ७० रनको उच्च योगफल पछ्याएको जनकपुर १२ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ५७ रनमै समेटियो । उसका लागि आषिश सराफले १८ र प्रविण अग्रवालले १७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् र टिम फराकिलो अन्तरले पराजित भयो । जनपुरलाई सस्तैमा रोक्न बलिङमा बीरगंजका विनित लोहियाले ३.५ ओभरमा १८ रन खर्चेर ७ विकेट हात पारे । यस्तै, अभय
रुंगटाले २ विकेट लिए । खेलमा विनित लोहिया प्लेयर अफ द म्याच भए ।

नेपाल राष्ट्रिय मारबडी युवा संठगन केन्द्रीय समितिको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भने मूलपानी क्रिकेट मैदान काठमाडौंमा हुने आयोजक संस्थाका केन्द्रीय अध्यक्ष मनोजकुमार अग्रवालले जानकारी दिए ।