२०८१ श्रावण १२

राष्ट्रपतिका सल्लाहकार नेपालको राजीनामा स्वीकृत
  • लुम्बिनी खोज
  • २०८१ बैशाख ३०, आईतवार ०७:५७ गते

काठमाडौं,३० बैशाख ।
राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा। चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत भएको छ ।

नेपालले दिएको राजीनामा राष्ट्रपतिले आज स्वीकृत गरेका छन । सय रुपैयाँको नोटमा चुच्चे नक्शाबारे विवादित अभिव्यक्ति दिएका राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार अर्थ विज्ञ डा। चिरञ्जिवी नेपालको राजीनामा स्वीकृत भएको छ । उक्त राजीनामा आइतबारबाट लागू हुनेगरी स्वीकृत गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
सल्लाहकार नेपालले चुच्चे नक्शाबारे विवादित अभिव्यक्ति दिएसँगै उनको चौतर्फी आलोचना भएको थियो। सोही कारण उनले आफ्‍नो पदबाट राजीनामा दिएका हुन्।
नेपाल विवादमा परेपछि उनलाई राष्ट्रपति पौडेलले पनि सोधपुछ गरेका थिए ।