२०८२ श्रावण ८
बुटवल, २०फागुन । रुपन्देहीको भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिगअन्तर्गत शुक्रबारबाट डिभिजन ‘ए’का खेल सुरु भएका छन् । डिभिजन ‘ए’को पहिलो खेलामा एमसीसीले होराइजन क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै जित हात पारेको छ । सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर व्याटिङको निम्तो पाएको होराइजनले निर्धारित ५० ओभरको खेलमा २२ ओभरमा खेल्दै सबै विकेट गुमाएर ५१ रनमै समेटियो । उसका लागि विक्रमसिंह विकलले २३, विशाल खत्रीले ८ र कुशल मल्लले ७ रन बनाए । एमसीसीका सेजाद आलम, रोशनलाल गुप्ता, रमेश कुर्मी र सन्तोष यादवले समान २–२ तथा शिवकुमार मौर्ययले १ विकेट लिए । प्रतिउत्तरमा एमसीसीले १३.३ ओभरमा २ विकेटको नोक्सानीमा ५५ रन बनाउँदै जित निकाल्यो । उसका लागि विजय प्रजापतीले नटआउट १७, सुशान्त थापाले १५, मिर्नाल गुरुङले १० र सविन शाक्यले नटआउट ९ रन बनाए । बलिङमा होराइजनका पुरुषोत्तम भट्टराई र तुलबहादुर थापाले समान १–१ विकेट लिए । एमसीसीका रोशनलाल गुप्ता म्यान अफ द म्याच भए । उनले एक हजार दुई सय रुपैयाँ प्राप्त गरे । शनिबार डिभिजन ‘ए’ अन्तर्गत नै लुम्बिनी खुकुरी क्रिकेट क्लब र ्रोफेसनल मास्टर्सबीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघले जनाएको छ । चैत १२ गतेसम्म सञ्चालन हुने लिगको विजेतालले ८० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार ट्रफी र प्रमाणपत्र, बेष्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीलाई ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।