२०८१ श्रावण १२

शेयर बजार ८ अङ्कले बढ्याे, ३ अर्ब १५ कराेड रुपैयाँकाे काराेबार
  • लुम्बिनी खोज
  • २०८१ बैशाख ३०, आईतवार १६:१८ गते

बुटवल,३०बैशाख ।

हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव २६ अङ्कले बढेर एक हजार नौ सय ७४ दशमलव ५० विन्दुमा पुगेको छ ।

आज फाइनान्स, होटल र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज सृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै मानुषी लघुवित्तको शेयर साढे पाँच प्रतिशत र दोल्ती हाइड्रोपावर कम्पनीको शेयर पाँच प्रतिशतले घटेको छ ।

आज तीन सय ११ वटा कम्पनीका ७८ लाख ५७ हजार कित्ता शेयर तीन अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै साङ्ग्रीला विकास बैंकको १० करोड रुपैयाँ बराबरको शेयर खरिद/बिक्री भयो ।