२०८१ श्रावण १२

कोशीमा कार्कीले पाए विश्वासको मत
  • लुम्बिनी खोज
  • २०८१ बैशाख ३१, सोमबार १०:३८ गते

बुटवल ३१ बैशाख ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। उनी २६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका थिए । सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने क्रममा भएको मत विभाजनमा उनको पक्षमा ५७ मत परेको छ । विपक्षमा कुनै पनि मत परेको छैन। ९२ सदस्यीय रहेको कोशी प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ।
संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री भएका कार्की तेस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्री बनेका हुन्। केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै अल्पमतमा परेका पूर्वमुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने रणनीति बनाएपछि नया सरकार गठनको प्रक्रिया अगाडी बढेको थियो । सोही क्रममा कोशी प्रदेश प्रमुख परशुराम खापुङले हिक्मतलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।
एमाले संसदीय दलका नेता कार्की एमालेका ३९ र माओवादीका १३ सहित ५२ सांसदले हस्ताक्षरपछि उनी मुख्यमन्त्री नियुक्त भएका थिए।