२०८१ श्रावण १२

क्रिकेटर सन्दीप लामिछानेले उच्च अदालतबाट पाए सफाइ
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २, बुधबार १२:१३ गते

काठमाण्डौं २ जेठ ।
क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन्। बुधबार उच्च अदालत पाटनले सन्दीपको मुद्दामा अन्तिम सुनुवाइ गर्दै जिल्ला अदालत काठमाडौंले यसअघि गरेको फैसला बदर गरेको छ।
उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले सफाइ दिएको हो। यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। उक्त फैसलामा चित्त नबुझाएपछि सरकार र लामिछाने दुवै उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए।यसअघि उच्च अदालत पाटनले नै गत पौष २८ गते २० लाख रुपैयाँ धरौटी लिई लामिछानेलाई तारेखमा रिहा गर्ने आदेश दिएको थियो।
लामिछानेले सफाइ पाएपछि उनका समर्थकले खुसीयाली मनाएका छन् ।