२०८१ श्रावण १२

सहकारी विषयमा छानबिन समिति बनाउन एकीकृत समाजवादीको माग
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ३, बिहीबार ०७:०१ गते

काठमाडौं ३ जेठ ।
नेकपा एकीकृत समाजवादीले सहकारीका विषयमा छानबिन समिति बनाउन माग गरेको छ । एकीकृत समाजवादीको बैठकले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाएर दोषीमाथि कारबाही गर्न माग गरेको हो ।
पार्टीको आठौं बैठकले सहकारी संस्थाले अधिकारको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ ।
‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारण जनताको बचत अपचलन गरेर ठूलो धनराशी दुरुपयोग गरेर आर्थिक तथा वित्तीय अपराध गरेका दुखद घटना सार्वजनिक भइरहेका छन्’, बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘यस सन्दर्भमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानका लागि छानविन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दछ ।’