२०८१ श्रावण १२

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ९, बुधबार १२:१० गते

काठमाडौं ९ जेठ।
विश्वकप खेल्न अमेरिका जान लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको हो ।
सन्दीपले बुधबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूलाई भिसा नदिएको जानकारी गराएका छन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी २० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।
बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।यता क्यानका पदाधिकारीले अब प्रधानमन्त्रीलाई अनुरोध गरेर परराष्ट्र मन्त्रालयमार्फत् उनलाई भिसा दिलाउन पहल गरिने बताएका छन् ।