२०८१ श्रावण १२

२५६८औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवसमा शोभायात्रा [तस्बिरसहित]
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ १०, बिहीबार ०७:५७ गते

लुम्बिनी , १० जेठ ।
२५६८औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवसका अवसरमा बिहीबार शोभायात्रा निकालिएको छ ।
शोभायात्रा अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मायादेवी मन्दिर परिसरमा प्रार्थना सभामा सरिक भई ध्यान गरेका थिए। प्रधानमन्त्री प्रचण्ड कार्यक्रमका लागि बुधबार साझ नै लुम्बिनी आएका हुन।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  लुम्बिनी क्षेत्रको अवलोकन गर्नुका साथै स्थानीयसँग अन्तर्क्रिया गरेका छन् ।

बुद्ध जयन्तीका अवसरमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन बुधबार लुम्बिनी आएका प्रधानमन्त्रीले आज बिहान लुम्बिनी परिसरको अवलोकन गरेका हुन् । उनले योग र ध्यानका लागि लुम्बिनी आएका धर्मगुरु, स्वदेशी एवं विदेशी बौद्धमार्गीहरूसँग अन्तर्क्रियासमेत गरे ।प्रधानमन्त्री प्रचण्ड सहित मन्त्री र मुख्यमन्त्रीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले स्वागत गरेका हुन् ।

प्रधानमन्त्रीले ध्यानसहित मायादेवीमा शान्ति प्रार्थनामा बसेर बुद्वजयन्तीलाई महत्व दिएको सन्देश गएको कोषका उपाध्यक्ष डा। ल्हारकेयाल लामाले बताए।
बिहानको शोभायात्रामा विभिन्न देशका झाँकीसहित स्थानीय संस्कृतिसहित शोभायात्रा निकालिएको सदस्य सचिव सानुराजा शाक्यले बताए।

समारोहमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, प्रतिनिधिसभा, प्रदेशसभाका सदस्यसहित उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोग, विदेशी पाहुनाहरूको समेत सहभागि छन्।

लुम्बिनीमा स्थानीय र बौद्धमार्गीहरूसँग प्रधानमन्त्री प्रचण्ड (तस्बिरहरू)