२०८१ श्रावण १२

सुन तोलामा १८ सयले घट्यो
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ ११, शुक्रबार ०७:४५ गते

बुटवल ११ जेठ ।
आज बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. एक हजार आठ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य शुक्रवार रु. एक लाख ३६ हजार नौ सय निर्धारण भएको छ। बिहीबार छापावाला सुन तोलामा रु. एक लाख ३८ हजार सात सयमा कारोबार भएको थियो।
यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु. एक लाख ३८ हजार ५० मा कारोबार भएकामा आजका लागि भने रु. एक लाख ३६ हजार दुई सय ५० निर्धारण भएको छ।
त्यस्तै, चाँदीको मूल्य तोलामा रु. १० ले घटेको छ। बिहीबार तोलामा रु. एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आजका लागि भने रु. एक हजार आठ सय ५५ निर्धारण भएको छ।