२०८१ श्रावण १२

नेपाल परम्परागत खेलकुद संस्था र अन्तर्राष्ट्रिय संस्थाहरूबीच खेलकुद प्रवर्द्धनमा छलफल
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ १२, शनिबार १२:२७ गते

 

बुटवल १२ जेठ ।
राष्ट्रसंघीय शिक्षा वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) कल्चर युनिट र नेपाल परम्परागत खेलकुद तथा सङ्गठनका बीच परम्परागत खेलकुदको प्रवर्द्धनका बारेमा छलफल भएको छ । कल्चर युनिटका निरिना शाक्य, संयुक्त राष्ट्रसङ्घीय शिक्षा वैज्ञानिक तथा सांस्कृतिक संगठनका कार्यक्रम कोडिनेटर कल्चर युनिटका निपुना श्रेष्ठ सिंह र नेपाल परम्परागत खेलकुद तथा सङ्गठनका अध्यक्ष गणेशबहादुर कुँवर र उपाध्यक्ष नवराज खरेलबीच नेपालको परम्परागत खेलकुद तथा खेलकुदको प्रवर्द्धनका बारेमा छलफल भएको हो । त्यस्तै छलफलमा युनेस्कोको विज्ञान एकाई कोडिनेटर वर्षा लेखी अनलाइन मार्फत सहभागि थिइन् । नेपाल परम्परागत खेलकुद तथा सङ्गठनका अध्यक्ष कुँवरले नेपालको परम्परागत खेलकुद तथा खेलकुदको प्रवर्द्धन गर्नुको मुख्य उद्देश्य स्वदेशी खेलकुद र खेलकुदको माध्यमबाट राष्ट्रको सांस्कृतिक सम्पदाको संरक्षण, पुनरुत्थान र लोकप्रियता बढाउनु रहेको भन्दै आफूहरुबीच यी विषयमा कुरा भएको बताए । साथै यस प्रयासले राष्ट्रिय गौरव र एकतालाई बढावा दिन र परम्परागत खेलकुदको विश्वव्यापी क्षेत्रमा नेपाललाई प्रभावशाली सहभागीको रूपमा स्थापित गर्न खोजेको कुरा युनेस्को, संयुक्त राष्ट्रसंघीय आतंकवाद विरोधी कार्यालय र इन्टरनेशनल काउन्सिल अफ ट्रेडिशनल स्पोर्ट्स एण्ड गेम्स जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूसँग सक्रिय संलग्नताबारेमा कुरा भएको उपाध्यक्ष खरेलले बताए । ती अन्तर्राष्ट्रिय संस्थाहरूसँग सक्रिय संलग्नता मार्फत नेपालले आफ्नो परम्परागत खेलकुद र खेलको विश्वव्यापी मान्यता र समर्थन सुनिश्चित गर्नका साथै सांस्कृतिक सम्पदालाई समृद्ध र प्रवर्द्धन गर्ने प्रयास गरिरहेको सम्बन्धमा जानाकारी गराएको अध्यक्ष कुँवर बताए । नेपालको परम्परागत खेलकुद तथा खेलकुदको प्रवर्द्धनमा छलफल निकै महत्वपूर्ण भएको उनको भनाइ छ ।