२०८१ श्रावण १२

सुन र चाँदीको मूल्य बढ्यो
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ १४, सोमबार ०९:०९ गते

काठमाडौ, १४ जेठ ।

स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु. तीन सयले बढेको छ।

आइतबार प्रतितोला रु. एक लाख ३६ हजार नौ सयमा कारोबार भएकोमा आज रु. एक लाख ३७ हजार दुई सय कायम भएको छ।

साथै, तेजावी सुनको मूल्य प्रतितोलामा रु. तीन सयले बढेर रु. एक लाख ३६ हजार पाँच सय ५० कायम भएको छ। साथै, चाँदीको मूल्य प्रतितोला रु. २५ ले बढेर रु. एक हजार आठ सय ८० कायम भएको छ।