२०८१ श्रावण १२

स्थानीयहरुको समस्या पहिचान र समाधान गर्न स्थानीयसँग लुम्बिनी कार्यक्रम
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ १७, बिहीबार १४:०४ गते

 

लुम्बिनी, १७ जेठ ।
लुम्बिनी विकास कोषले विहिबार स्थानीयसँग लुम्बिनी कार्यक्रम अन्तर्गत समस्या पहिचान सम्भावना र समाधान बिषयक कार्यशाला गोष्ठि गरेको छ ।
बुद्धजन्मस्थल लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रका स्थानीयहरुसँग सहकार्य र साझेदारी सँगसँगै गर्ने उदेश्यका साथ गोष्ठिको आयोजना गरिएको कोषले जनाएको छ । उक्त अवसरमा कोष र स्थानीय समुदायविच आपसी समन्वय र सहकार्यका साथ अघि बढ्नुनपर्नेमा जोड दिइएको छ । कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले नीतिगत रुपमा स्थानीय समुदायसँग सहकार्य गरी सँगसँगै अगाडि बढ्नका लागि स्थानीयसँग लुम्बिनी कार्यक्रम राखिएको बताए । उनले लुम्बिनी विकास कोषसँग स्थानीयहरुविच संवाद र छलफल नहुँदा कतिपय बिषयमा एकमत हुन नसकेको बताउँदै त्यसलाई चिर्दै स्थानीयको समस्या पहिचान गर्ने र समाधान गर्ने गरी स्थानीयसँग लुम्बिनी कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर–उपप्रमुख कल्पना हरिजनले बुुद्धजन्मस्थल लुम्बिनीको विकासका लागि स्थानीय सरकार सहयोग र सहकार्य गर्न तयार रहेको तर समन्वय र सहकार्य नहुँदा समस्याहरु देखा परेको बताईन । उनले कोषबाट स्थानीयहरुलाई लाभसँगै साथमै लिएर हिड्ने गरी योजना अगाढि बढाउनुपर्ने बताईन । कार्यक्रममा लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपती प्रा। डा। सुवर्णलाल शाक्यले बुद्धजन्मस्थल लुम्बिनीमा केन्द्रीय क्याम्पस स्थापना गरेर आफुहरुले बौद्धशिक्षा र दर्शनलाई अगाडि बढाउने काम गरेको बताए ।
यस्तै लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्थानीयहरुको समस्यामा आफुहरु संवेदनशिल रहेको बताउँदै समस्याहरुको पहिचान गरी समाधान गर्ने गरी योजना बनाउन कार्यशाला सफल हुने बताए । उनले स्थानीयहरुको लुम्बिनी विकास कोषसँग गुनासाहरु बारम्बार आइरहने भएकाले स्थानीयहरुसँग छलफल गर्न थालिएको बताए । गोष्ठिमा स्थानीय समुदायले लुम्बिनी गुरुयोजना क्षेत्रभित्र मात्रै विकास भएको, स्थानीयहरुसँग सहकार्य र समन्वय नभएको, विकासमा स्थानीय पालिकासँग समन्वय र सहकार्य बढाउनुपर्ने, मायादेवी मन्दिर क्षेत्रमा परम्परादेखि गरिदै आएको पूजाआजालाई सहज बनाउनुपर्ने लगायतका सुझावहरु राखेका थिए । कार्यक्रममा यूएनडिपि गण्डकी लुम्बिनीका निर्देशक सुदीप अर्याल, वन डिभिजन कार्यालय रुपन्देहीका डिभिजन वन अधिकृत प्रभात सापकोटा, लुम्बिनी साँस्कृतिक नगरपालिकाका वडाअध्यक्षहरु, संघसंस्थाका प्रतिनिधि एंव स्थानीय सरोकारवालाहरुले विभिन्न सुझावहरु राखेका थिए ।