२०८१ श्रावण १२

पेट्रोलियम पदार्थको मूल्य घट्यो
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ १८, शुक्रबार १६:३३ गते

काठमाडौँ १८ जेठ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । शनिबारदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।
नेपाल आयल निगम सञ्चालक समितिको शुक्रबार बसेको बैठकले इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्राप्त भएअनुसार पेट्रोल लिटरमा ३ रुपैयाँ र डिजेलरमट्टितेलमा १–१ रुपैयाँ घटाउने निर्णय गरेको जनाएको छ ।