२०८१ श्रावण १२

नालामा फालिएको अवस्थामा शव फेला
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ १९, शनिबार १३:३५ गते

कपिलवस्तु १९ जेठ ।
कपिलवस्तुमा नालामा फालिएको अवस्थामा एक शव फेला परेको छ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका– ६ बेलभरिया गाउँको दक्षिण मर्थी खोलाको नालामा शनिबार बिहान करिब १० बजेतिर शव फेला परेको हो । हत्या गरी फालिएको आशंका गरिएको छ । प्रहरीले एक पुरुषको शव फेला परेको जनाएको छ ।
अनुहारमा ढुंगाले हानेर हत्या गरी नालामा छाडिएको हुनसक्ने आशंका गरिएको सो शज अन्दाजी २८ देखि ३० वर्षीय पुरुषको रहेको प्रहरीले जनाएको छ ।
मृतक पुरुषको मुखमा गहिरो चोट देखिएको र शवनजिकै ढुंगासमेत फेला परेको प्रहरीले जनाएको छ । शवको पहिचान नखुलेको र पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।