२०८१ श्रावण १२

स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप, प्रहरीद्वारा हवाई फायर
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २०, आईतवार ०८:०५ गते

दाङ २० जेठ ।
दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप भएको छ । झडपमा केही घाइते भएका छन् ।
घाइतेलाई राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगिएको छ । दाङमा स्वर्गद्वारी गुठीपीडित किसानहरू पुनः आन्दोलित बनेका हुन्। सरकारले आफूहरूका पूरा नगरेको भन्दै उनीहरुले आइतबार तालाबन्दीसहित ति दुवै कार्यालय घेराउ गरेका छन्।