२०८१ श्रावण १२

विश्वकप क्रिकेट शुरु, क्यानडा अमेरिकासँग सात विकेटले पराजित
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २०, आईतवार ०८:१८ गते

बुटवल २० जेठ ।
आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आइतबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिकाले छिमेकी राष्ट्र क्यानडाको सामना गरेको छ ।
आइतबार भएको प्रतियोगितामा अमेरिकाले आइसिसी टी–२० विश्वकप–२०२४ को पहिलो खेलमा क्यानडालाई पराजित गर्दै सुखद सुरुवात गरेको छ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा भएको खेलमा अमेरिकाले क्यानडालाई सात विकेटले पराजित गरेको हो। खेलमा क्यानडाले दिएको एक सय ९५ रनको बलियो लक्ष्य पछ्याएको अमेरिकाले १७.४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ९४ रनको योगफल बनाएको थियो।
उक्त विश्वकप प्रतियोगितामा अमेरिका समूह ‘ए’मा रहेको छ। अमेरिकाको समूहमा क्यानडासँगै आयरल्यान्ड, भारत र पाकिस्तान छन्।
अमेरिकाले आफ्नो दोस्रो खेल यही जुन ६ तारिखमा पाकिस्तानसँग खेल्नेछ। विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आजै हुने अर्को खेलमा पपुवान्युगिनी र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ।