२०८१ श्रावण १२

मधेशको मुख्यमन्त्रीमा सतिशकुमारलाई उम्मेदवार बनाउने जनमत पार्टीको निर्णय
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २४, बिहीबार ०८:२० गते

बुटवल, २४ जेठ ।
मधेश प्रदेश सरकारको मुख्यमन्त्रीमा जनमत पार्टीले सतिशकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले सिंहलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका सचिव बिपी साह जानकारी दिए ।
मधेशमा जनमतको नेतृत्वमा सरकार बनाउन नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी०, नागरिक उन्मुक्ति पार्टी, नेपाल सङ्घीय समाजवादीको सहमति रहेको उनले जानकारी दिए।
प्रदेश सभामा १०७ सदस्य सङ्ख्यामा सामान्य बहुमतका लागि ५४ जनाको समर्थन आवश्यक छ । यस गठबन्धनलाई ५५ सदस्यको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरिएको सचिव साहले बताए ।
सप्तरी क्षेत्र नं। २ ९क० बाट प्रत्यक्ष निर्वाचनबाट निर्वाचित सिंहलाई मुख्यमन्त्री बनाउन गठबन्धन दलहरूले बहुमतसहित बिहीबार नै प्रदेश प्रमुखलाई दाबी पेस गर्ने तयारी भइरहेको उनको भनाइ छ ।