२०८१ श्रावण १२

तेक्वान्दोका प्रशिक्षक तथा स्काउटका बुटवल प्रमुख आयुक्त खरेल सम्मानित
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २९, मंगलवार ११:१० गते

चन्द्रकोट गाउँपालिकाद्धारा नगद,मायाको चिनो,सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान

गुल्मी २९ जेठ ।
खेलकुद तथा स्काउटको माध्यमबाट योगदान पु¥याएको भन्दै तेक्वान्दो खेलका अन्तराष्ट्रिय प्रशिक्षक नेपाल स्काउट बुटवल उपमहानगरपालिका प्रमुख आयुक्त तथा विपद् व्यवस्थापन आकस्मिक उद्धारकर्ता नवराज खरेललाई सम्मान गरिएको छ । उनलाई नगद, मायाको चिनो, सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मानगरिएको छ ।
चन्द्रकोट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शान्तिपुर, गुल्मीले चन्द्रकोट गाउँपालिका तथा समग्र मुलुकको खेलकुद क्षेत्र एबं सामाजिक कार्यको माध्यमबाट अतुलनीय योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरेको हो । चन्द्रकोट गाउँपालिका वडा नं. १ दिब्रुङ्गका स्थायी बासिन्दा खरेललाई अन्तर वडा स्तरीय दोसो अध्यक्षकप भलिवल प्रतियोगिता २०८१ को अवसरमा नगद पुरस्कार रु.२० हजारसहित सम्मान पत्र प्रदान गरिएको छ ।
खरेलको संक्षिप्त जीवनी चन्द्रकोट गाउँपालिकाले प्रकाशित गरेको हाम्रो चन्द्रकोट पुस्तक पालिकामा पदाई हुँदै पनि आएको छ ।
पालिकाले आगामी दिनमा समेत सामाजिक तथा खेलकुद क्षेत्रमा निरन्तर योगदानको अपेक्षा गरेको जनाएको छ ।
उनलाई पालिकाका अध्यक्ष युवराज खत्री क्षेत्री, उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, गाउँपालिका प्रवक्ता एंव वडा अध्यक्ष घनश्याम खरेल, वडा अध्यक्ष कमल केसीलगायत ८ वटै वडाका वडा अध्यक्ष हरु प्रमुख प्रशासकीय अधिकृतलगायतले सम्मान गरेका थिए ।
स्काउट बुटवल उपमहानगरपालिका प्रमुख आयुक्त समेत रहेका स्काउट मास्टर तथा खेलकुद प्रशिक्षक खरेल बिगत १५ बर्ष देखि नेपाल स्काउटको क्षेत्र र सामाजिक काम गर्दै आएका छन् । नेपाल स्काउटको बिपद ब्यवस्थापन आकस्मिक उद्दार कर्ता र खेलकुद को क्षेत्रमा कार्यरत उनी बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रिता मा बि मा स्काउट मास्टर तथा खेलकुद प्रशिक्षणको रुपमा कार्यरत छन् । उनले जाजरकोटको भुकम्प पीडित क्षेत्रमा स्वयंसेवक रुपमा विभिन्न सहयोग को काम समेत गरेका थिए । जाजरकोटमा भुकम्प प्रभावित क्षेत्रमा काममा खटिएका बेला उनले आफ्नो जन्म दिनमा भुकम्पपीडितलाई आर्थिक सहयोग समेत गरेका थिए । खरेलले २०७८ फागुन ७ बाट बैबाहिक जीवन शुरु गर्दा पनि बिबाहमा हुने खर्च बचत गरी अक्षयकोष स्थापना गरेका थिए । उनले रुरु क्षेत्र ४ बलेटक्सार ( स्काउट मास्टर) विद्या खड्का सग प्रेम विवाह गरेका थिए । विद्यासगको सल्लाहमा नवराजले बिबाहमा हुने केही खर्च बचत गरी २०७८ फागुनमा गुल्मीको सारदा मावि मा अक्षयकोष स्थापना गरेका थिए । खेलकुद र स्काउटका लागि यो जोडीले ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना गरेको थियो ।