२०८१ श्रावण १२

लुम्बिनीमा एक दिनमै ६३७ सवारी कारवाहीमा,५ लाख १३ हजार राजश्व संकलन
  • लुम्बिनी खोज
  • २०८१ जेष्ठ २९, मंगलवार १२:२६ गते

 

बुटवल २९ जेठ ।
लुम्विनी प्रदेशमा मंगलबार एकैदिन मै ६ सय ३७ वटा सवारी साधन कारवाहीमा परेका छन् । प्रदेशका १२ वटा जिल्लामा प्रहरीले सवारी साधन चेकजाच गर्ने क्रममा सवारी नियम उल्लघंन गर्ने ती सवारी साधन कारवाहीमा परेका हुन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका अनुसार सबै भन्दा धेरै सवारी साधन कारवाही रुपन्देहीमा भएका छन् । रुपन्देहीमा मंगलबार १ सय ६८वटा सवारी साधन कारवाहीमा परेका छन् । यहा १ लाख ५७ हजार ५ सय रुपैया राजश्व संकलन भएको छ ।
टाफिक नियम उल्लघन गर्नेहरु बाकेमा १ सय ९ कारवाहीमा परेका छन् । यहा ८७ हजार ५ सय रुपैया राजश्व संकलन भएको छ ।
त्यस्तै कपिलवस्तुमा २० वटा कारवाहीमा पर्दा १९ हजार ५ सय राजश्व संकलन भएको छ । दाङमा ९८ वटा कारवाहीमा पर्दा ७५ हजार ५ सय रुपैया संकलन भएको छ । प्रदेशका १२ जिल्ला मध्ये कम सवारी कारवाहीमा रुकुम पूर्वमा परेका छन् । यहा १६ वटा कारवाहीमा पर्दा १२ हजार रुपैया राजश्व संकलन भएको छ ।