२०८१ आश्विन ४

लुम्बिनी प्रदेश सभामा सार्बजनिक महत्त्वको संकल्प प्रस्ताव दर्ता 
  • लुम्बिनी खोज
  • २०८१ असार ७, शुक्रबार १३:५९ गते

बुटवल ७ असार ।
सडक दुर्घटना रोकथाम गरी जिउधनको सुरक्षा र क्षति न्यूनिकरणको व्यवस्थाको सम्वन्धमा लुम्विनी प्रदेश सभा सचिवालमा शुक्रवार संकल्प प्रस्ताव दर्ता भएको छ ।
प्रदेश सभा सदस्य निमा गिरी प्रस्तावक रहेको उक्त संकल्प प्रस्तावमा प्रदेश सभा सदस्य कृष्णा कुस्मा थारु र अम्विका काफ्ले समर्थक रहेका छन् । लुम्बिनी प्रदेशमा सार्बजनिक महत्वको संकल्प प्रस्ताव दर्ता हुन आएको यो पहिलो संकल्प प्रस्ताव भएको सभामुख तुलाराम घर्ती मगरले जानकारी दिए। सचिवालयमा दर्ता भएको उक्त प्रस्ताव सचिब दुर्लभ कुमार पुनले सभामुख समक्ष लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ८७ अनुसार पेश गरेका छन् ।
सडक दुर्घटना न्युनिकरण र शुरक्षित यात्रा सम्वन्धमा प्रदेश सभा सदस्यहरुले पहिलो पटक दर्ता गराएको संकल्प प्रस्ताव प्रदेश सभाका आगामी बैठकमा पेश हुनेछ । शुरक्षित यात्रा, सुरक्षित सवारी समन्धमा हाल प्रचलनमा रहेका कानुनी व्यवस्थाले पर्याप्त सम्वोधन गर्न नसकेको संकल्प प्रस्तावमा दावी गरिएको छ ।
लुम्विनी प्रदेश भित्र सडक दुर्घटनाका पिडितको लागी आकस्मिक उपचार निशुल्क व्यवस्था र दुर्घटनाको दुर्त गतिमा उद्दारको लागी आवश्यक संयन्त्रको विकास तथा दुर्घटना पिडितले आफ्नो जिवनयापन सहज तरिकारले बांच्न सक्ने गरी क्षतिपुर्तीको व्यवस्था समेत हुनुपर्ने आवश्यकता महशुस भएकाले लुम्विनी प्रदेशले आवश्यक कानुन नीतिगत र संस्थागत व्यवस्थाको छिटो पहल गर्न लुम्विनी प्रदेश सरकारको ध्यानकर्षण गराउन संकल्प प्रस्तावमा माग गरिएको छ ।