२०८१ आश्विन ४

शुद्धोधन गाउँपालिकाले ल्यायो ७० करोड २७ लाख४२ हजारको बजेट
  • लुम्बिनी खोज
  • २०८१ असार १०, सोमबार ०९:५१ गते

बुटवल, १० असार ।
रुपन्देहीको शुद्धोधन गाउपालिकाले आर्थिक वर्ष २०८१र०८२ का लागि प्रस्तावित बजेट ७० करोड २७ लाख ४२ हजार बराबरको बजेट ल्याएको छ ।
शुद्धोधन गाउँपालिका गाउँसभाको १६ औ अधिबेशनको दोस्रो बैठकबाट गाउँपालिका प्रबक्ता वडा ४ का अध्यक्ष केशव अधिकारीले आ।व २०८१र०८२को बजेट सार्वजनिक गरेका हुन ।
आन्तरिक आय बाट ५ करोड ,३७ करोड ९२ लाख ९१ हजार,र प्रदेश बाट २ करोड २३ लाख ३८ हजार ,संघीय सरकार र लुम्बिनी प्रदेश सरकारबाट राजश्व बाँडफाँड बापत ९ करोड ८१ लाख ३५ हजार, सामाजिक सुरक्षा भत्ता वापत १२ करोड रहेको बताए ।
उनले अन्य श्रोत तथा अनुमानित मौज्दात रकम बाट ३ करोड २९ लाख ८४ हजारगरी जम्मा कुल बजेट ७० करोड २७ लाख ४८ हजार मात्र रहेको मध्ये गाउँसभाले विनियोजन गर्ने बजेट २८ करोड ६९ लाख ७३ हजार मात्र रहेको गाउँपालिका प्रवक्तासमेत रहेका वडा नं। ४ का अध्यक्ष केशव अधिकारीले आ।व २०८१र०८२को बजेट सार्वजनिक गरेका हुन । पालिकामा आजबाट यस बिषयमा छलफल तथा बजेट पास गर्ने भएको पालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले बताएका छन