२०८१ चैत्र ३
बुटवल, १० असार ।
गुल्मी धुर्कोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागिरु ५६ करोड २५ लाख ९० हजार ८ सय ९२ बराबरको बजेट ल्याएको छ । सोमबार उपाध्यक्ष सीता गिरीले गाउ सभाको १५औं अधिवेशनको तेश्रो बैठकमा आगामी आर्थिक बर्ष २०८१ र ०८२ को बार्षिक बजेट सभामा पेश गरेकी हुन ।
बार्षिक बजेट संगै धुर्कोट गाउँपालिकाको विनियोजन विधेयक २०८१ र धुर्कोट गाउँपालिकाको आर्थिक विधेयक २०८१ समेत सभामा प्रस्तुत भएको छ ।
सभामा पेश भएको बजेट माथिको छलफल असार १३ गतेको गाउँ सभाको चौथो बैठकमा हुने धुर्कोट गाउपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिएका छन ।