२०८१ भाद्र २३

सारदा अल्ट्रासाउन्ड एण्ड डाईग्नोग्सिट सेन्टर भैरहवाले ल्यायो गर्भावस्थामै शिशुको अनुहार हेर्न मिल्ने प्रविधि
  • लुम्बिनी खोज
  • २०८१ असार ११, मंगलवार ०८:२३ गते

बुटवल, ११ असार ।

गर्भावस्थामा शिशुको अनुहार हेर्न मिल्ने प्रविधि भैरहवामा ल्याइएको छ । सिद्धार्थ नगरपालिका भिम अस्पताल नजिकै सारदा अल्ट्रासाउन्ड एण्ड डाईग्नोग्सिट सेन्टरले स्याम सुङ एच एस ७० ए, हाइ एण्ड मसिन ल्याए सँगै काठमाडौं बाहिर पहिलो अत्याधुनिक प्रविधि भएको उपकरण भैरहवा ल्याइएको दाबी गरिएको छ ।
करिव ६० लाख लागत रहेको उक्त प्रविधिले फ्याटी लिभर९इलास्ट्रो ग्राफी०फाईब्रो स्क्यान,बाएप्सीको जाँच समेत गर्ने बताइएको छ । रङगीन तथा भिडियो एक्सरे, २ डि देखी ४ डि सम्म टिभीयस, ट्रस, कलेजो समेत जाँच गर्न सकिने छ ‌।
यस उपकरणको प्रयोगले मासुको टुक्राको जाँच गर्ने पेट, जोर्र्नी, भिडियो एक्सरे गर्न सकिने र स्तन, पत्थरी समेत जाँच समेत गर्न सकिने डा त्रिलोचन पन्थीले बताएका छन । विज्ञद्वारा जाच गरिने भएकाले कुनै पनि उमेर समूहका बिरामीले सहज रूपमा उपचारको लागि आउन सक्ने डा। पन्थीले बताए ।
भिम अस्पताल नजिकै रहेको सिटिजन्स बैक भएको भवन संचालनमा आएको सारदा अल्ट्रासाउन्ड एण्ड डाईग्नोग्सिट सेन्टर बिहान ६ बजे देखी साझ ९ बजे निरन्तर सेवा दिने संचालकले बताए । सुपथ मूल्य‌मा विरामीहरूलाई सुविधा दिने संचालकको भनाई छ ।
स्वास्थ्य सेवामा लामो अनुभव बटुलेका डा त्रिलोचन पन्थीले भारतको एम्स कलेजबाट रेडियो डायग्नोसीस एण्ड इन्ट्रोभेन्सन सम्बन्धमा‌ एम डि समेत गरेका छन्। ।