२०८१ भाद्र २३

विश्वविद्यालयमा आर्दश नेता मनमोहनको सम्झना
  • लुम्बिनी खोज
  • २०८१ असार १५, शनिबार ११:३३ गते

विराटनगर, १५ असार
दक्षिण एसियाका पहिलो कम्युनिष्ट प्रधानमन्त्री तथा आर्दश नेता स्वर्गीय मनमोहन अधिकारीको
योगदानको देशकै पहिलो प्राविधिक विश्वविद्यालयले सम्झना गरेको छ ।
मोरङको बुढीगंगा ४ हात्तीमुढामा केन्द्रिय कार्यालय रेहको देशकै पहिलो प्राविधिक
विश्वविद्यालयले मनमोहनको शनिवार १०४ औ जन्मजन्यतीको अवसरमा स्मृति सभा
आयोजना गरि सदाचारी नेता अधिकारी शिक्षा र समाजिक क्षेत्रमा गरेको योगदानको सम्झना
गरेको हो । स्मृति सभामा सहभागी विज्ञ तथा पुर्वमन्त्रीहरुले आदर्श नेता तथा लोकप्रिय
प्रधानमन्त्री मनमोहनले गरेको योगदान सधै अनुकरणी रहेकोले कहिल्यै विर्सन नहुने बताए ।
स्मृति सभाको अवसरमा विश्विद्यालयका उपकुलपति डा सुवाश्री पोखरेल, पुर्व मन्त्री जिवन घिमिर, संरक्षण समिति सदस्य सत्यनायाराण चौधरी, रजिट्रार डा दिलनाथ फुँयाल, डिन प्रा डा प्रचण्डमान प्रधान, कानुनी सल्लाहकार कोषराज न्यौपानेले मनमोहनको सालिकमा माल्यापर्ण गर्दै त्यागी र आर्दश नेता स्वर्गीय मनमोहनको प्राविधिक शिक्षामा योगदान अनुकरणीय रहेको चर्चा गरेका थिए । स्वर्गीय नेता मनमोहनको सम्झना गर्दै उनीहरुले नेपाली राजनीतिमा निष्ठा र सदाचारका प्रतीक मानिदै आएका पुर्वप्रम तथा सदाचारी नेता अधिकारीले स्थापित गरेका आदर्श, सिद्वान्त र मूल्य मान्यता अहिले पनि उत्तिकै अनुकरणीय र सान्दर्भिक भएकोले त्यसलाई सवैले अनुकरण गर्नुपर्नेमा जोड दिए ।
आदर्श नेता मनमोहनकै सम्मान रुवरुप भारत सरकारले मनमोहन स्मृति प्रतिष्ठानलाई मनमोहन प्राविधिक शिक्षालय स्थापना गराएर सञ्चालनमा ल्याएको थियो । सोही प्राविधिक शिक्षालाई कोशी प्रदेश सरकारले देशकै पहिलो प्राविधिक विश्वविद्यालयका रुपमा स्थापना गरेर पठनपाठन गराउन थालेको हो । हाल प्रदेश सरकार मार्फत रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा स्कुल अझ ईन्जिनियरिङग, स्कृल अफ मेडिकल र स्कृल अफ एप्लाईड हेल्ड लगायतका तीन वटा स्कुल स्थापना भैसकेका छन । मनमोहनले आगामी दश बर्षभित्र देशभित्र आवश्यक प्राविधिक जनशक्त्ति उत्पादन गर्न स्नातकदेखी विद्यावरिधिसम्मको कक्षा सञ्चालन गर्ने योजना बनाएको छ ।
स्वर्गीय अधिकारीको जन्म १९७५ असार १५ गते काठमाडौंको लाजिम्पाटमा पिता रामचन्द्र अधिकारी र माता पूर्णकुमारीको माइला पुत्रका रूपमा मध्यमवर्गीय परिवारमा जन्म भएको थियोे। वि.स. २००३ सालमा विराटनगरमा भएको मजदूर हडतालको नेतृत्व उनले गरेका थिए । लामो राजनीतिक संघर्षको क्रममा उनले १७ वर्ष जेल जीवन बिताएका थिए । २०५१ को मध्यावधि निर्वाचनपछि ९ महिनासम्म प्रधानमन्त्री भएका अधिकारी ‘आफ्नो गाउँ आफैं बनाउँ’ र वृद्धभत्ता कार्यक्रमका कारण नेपालका प्रधानमन्त्रीहरुमा उनी सफल र लोकप्रिय मानिन्छन । स्वर्गीय नेता मनमोहन देशमा प्राविधिक जनशक्त्तिको आवयश्कतालाई सधै जोड दिन्थे । उनले विराटनगरमा बसेर जृट मिलका मजदुरहरुलाई उत्पे्ररित गराएर नेपालमा प्रजातन्त्रका लागि संघर्ष पनि चर्काएका थिए ।
अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा काठमाडौँको गोठाटारमा हृदयाघातबाट निधन भएको थियो ।