२०८१ आश्विन ६

बुटवल उद्योग वाणिज्य संघमा दहि चिउरा
  • लुम्बिनी खोज
  • २०८१ असार १५, शनिबार १३:११ गते

बुटवल १५ असार ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा दहि चिउरा कार्यक्रम गरिएको छ । संघमा गठित डेरी बस्तुगत समितिले दहि चिउरा खाने दिनको अवसरमा दहि चिउरा कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै संघका अध्यक्ष हरिप्रसाद अर्यालले नेपालमा मनाईने सबै मेला पर्व तथा रितिरिवाज र संस्कृतिको आफ्नै विशेषता र महत्व रहेको बताए । उनले दहि चिउरा खाने दिनको पनि आफ्नै विशेषता र महत्व रहेको बताउँदै दही चिउराले शरीरलाई सितलता र शक्ति प्रदान गर्ने भएकाले यसको महत्व भिन्नै रहेको बताए ।
संघका वाणिज्य उपाध्यक्ष विमलराज भट्टराईले कृषि प्रधान देशमा कृषिको व्यवसायिक विकास गरी कृषिजन्य बस्तुको आयात प्रतिस्थापन र निर्यातको योजना बनाएर सोही अनुसार काम गर्नुपर्नेमा जोड दिए ।
डेरी बस्तुगत समितिका सभापति कृष्णप्रसाद उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा संघका कार्यसमिति सदस्य तथा डेरी बस्तुगत समितिका समन्वयकर्ता दीपकप्रसाद चापागाई, बस्तुगत समितिका उपसभापति जिवलाल न्यौपाने, सचिव यामप्रसाद शर्मालगायतले दही चिउरा खाने दिनको विशेषता र महत्वबारे प्रकाश पारेका थिए ।
कार्यक्रममा संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, बस्तुगत समितिका पूर्वसभापतिहरु, सदस्यहरुको सहभागिता रहेको थियो ।