२०८१ आश्विन ६

सुनको मूल्य तोलामा १ लाख ४५ हजार ४०० रुपैयाँ
  • लुम्बिनी खोज
  • २०८१ असार २३, आईतवार ०७:४७ गते

 

बुटवल २३ असार ।
आज सुनको मूल्य प्रतितोला रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार चार सय निर्धारण भएको छ । शुक्रबार प्रतितोला रु एक लाख ४४ हजार चार सयमा कारोबार भएको थियो ।
शुक्रबार प्रतितोला रु एक लाख ४३ हजार सात सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४४ हजार सात सय निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा रु २० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ९० निर्धारण भएको छ ।