२०८१ आश्विन ३

नेपालगञ्जमा रुपन्देही उद्योग संघको तालिम
  • लुम्बिनी खोज
  • २०८१ असार २३, आईतवार १२:५५ गते

 

बुटवल २३ असार ।
रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको आयोजना तथा नेपालगञ्ज उद्योग वाणिज्य संघको सहयोगमा नेपालगञ्ज उद्योग वाणिज्य संघको हलमा सञ्चालित इन्स्ट्रुमेसन, अटोमेशन तथा भिएफडी तालिम समापन भएको छ । जेठ १५ गतेबाट सुरु भएको २० दिने इण्डष्ट्रियल इन्स्ट्रुमेसन तथा अटोमेशन असार ५ गते सुरु भएको १६ दिने भिएफडी सीप अभिवृद्धि तालिमको आइतबार एक समारोहकाबीच नेपालगञ्ज उद्योग वाणिज्य संघ बाँकेमा समापन गरिएको हो । कार्यक्रममा वोल्दै उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले संघले विभिन्न उद्योग क्षेत्रमा रहेका उद्योगी तथा मजदुरहरुलाई दक्ष बनाउन यस प्रकारका विद्यागत तालिमको आयोजना गरेको र यसको सकारात्मक प्रभाव परेको बताए ।नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीले आगामी दिनमा यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिन उद्योग संघलाई आग्रह गर्दै सिकेको सीपलाई व्यवहारमा उतार्न र थप निखारता ल्याउन प्रशिक्षार्र्थीहरुलाई आग्रह गरे । नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष चिरन्जीवी वलीले तालिमले प्रशिक्षार्थीरुलाई क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताए । रुपन्देही उद्योग संघका द्धितीय उपाध्यक्ष हरिबहादुर खत्री, सहकोषाध्यक्ष प्रशिक्षक अनुज कुमार रौनियार, इन्स्योर परियोजना संयोजक खिमानन्द रिजाललगायतले यस प्रकारका बिद्यागत तालिमले उद्योग क्षेत्रलाई सहज बनाउने बताए । सो तालिममा सहभागीमध्ये इस्टोमेशनबाट हरिबहादुर न्यौपाने, अटोमेशनबाट सन्तोष कुमार शाह, भिएफडीबाट उमादत्त भट्टले तालिम सम्बन्धी सिकाई र अनुभवहरु सुनाएका थिए ।
समापन कार्यक्रममा संघका कोषाध्यक्ष बिशाल बेलबासेले स्वागत तथा संचालन रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारीले गरेका थिए । विभिन्न उद्योगमा कार्यरत ५८ जना कर्मचारीहरुको तालिममा सहभागिता रहेको थियो । प्रशिक्षार्थीहरुलाई सो अवसरमा प्रमाण पत्र वितरण गरिएको थियो ।