२०८१ आश्विन ६

नेप्सेमा ४.६२ अंकको गिरावट
  • लुम्बिनी खोज
  • २०८१ असार २४, सोमबार १०:१५ गते

बुटवल २४ असार ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ४.६२ अङ्कले घटेको छ । आज नेप्से दुई हजार एक सय ३६.३५ को अङ्कमा कायम भएको छ।
आज तीन सय २४ कम्पनीको एक करोड चार लाख ७५ हजार एक सय ८१ कित्ता शेयर ५९ हजार नौ सय ७४ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ५६ करोड ९८ लाख ३६ हजार एक सय छ बराबरको कारोबार भएको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु २८ करोड ७० लाख ८० हजार नौ सय ३५ बराबरको तीन लाख ९० हजार दुई सय पाँच कित्ता शेयर किनबेच भएको छ ।