२०८२ माघ २८

प्रदेश तथा स्थानिय तहहरु प्रक्रिया पूरा नगरी गरिएका बढुवा, तहवृद्धि, स्तरवृद्धि रद्द गर्नेे निर्णय
  • लुम्बिनी खोज
  • २०७८ फाल्गुन २४, मंगलवार १८:२० गते

बुटवल २४ फागुन ।
कानुनी प्रक्रिया नै पुरा नगरी प्रदे तथा स्थानीय तहले गरेका कर्मचारीको बढुवा, तहवृद्धि, स्तरवृद्धि लगायतका कार्य रद्द हुने भएको छ । लोक सेवा आयोगहरुको दोस्रो राष्ट्रिय सम्मेलनले प्रदेश तथा स्थानीय तहहरुले विद्यमान कानूनी व्यवस्था बमोजिम अनिवार्य रुपमा पालना गर्नुपर्ने प्रक्रिया पूरा नगरी गरिएका बढुवा, तहवृद्धि, स्तरवृद्धि लगायतका कार्यहरुलाई सम्बन्धित प्रदेश लोक सेवा आयोगहरुले प्रचलित कानून बमोजिम रद्द गर्ने तर्फ कारवाही अगाडि बढाउने निर्णय गरेको छ । यो निर्णय कार्यान्वयनमा लैजादा साथ त्यस्ता कानुनी प्रक्रिया पुरा नगरी गरिएका बढुवा लगायतका कार्य रद्द हुने भएका हुन ।
सात वटै प्रदेश लोक सेवा आयोग सहितको सहभागितामा रुपन्देहीको गरिएको दोस्रो राष्ट्रिय सम्मेलने घोषणा पत्र जारी गर्नुका साथै विभिन्न निर्णय गरेको छ ।
सम्मेलन पश्चात गरिएको पत्रकार सम्मेलनमा लोक सेवा आयोगका सचिव महेन्द्र प्रसाद गुरागाँईले गाउपालिका , नगरपालिकाहरुले अनियमित तरिकाले कतिपय बढुवा गरेको भन्दै त्यस्ता बढुवा रद्द गरी पाउ भनि आयोगमा निवेदनहरु परेको जानाकारी पनि दिए । त्यस्तै आयोगका प्रवक्ता तोयनारायण सुवेदीले कर्णाली प्रदेशले त्यस्ता बढुवाहरु बदर गर्ने निर्णय गरिसकेको बताए । आयोगका अनुसार कुन प्रदेश तथा तहमा त्यस्ता खालका बढुवाहरु कति भएका छन भन्ने स्पष्ट तंथ्याक भने संकलन भएको छैन ।
लोक सेवा आयोगले रोकिएका परिक्षाहरु छिट्टै संचालन हुने र सरोकारवालाहरुलाई तयारी गर्न आग्रह गरेको समेत गरेको छ ।
सम्मेलनले लोक सेवा आयोगको योग्यता, स्वच्छता र निष्पक्षताको मूल मर्म अनुसार गोपनीयता एवं विश्वसनीयता कायम हुने गरी कार्यसम्पादन गर्न प्रदेश लोक सेवा आयोगको संगठन संरचना र शाखागत कार्यविवरणबिच एकरुपता कायम गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै नेपाल सरकारबाट मिति २०७६ वैशाख १६ गते निर्धारण भएको लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगका अध्यक्ष तथा सदस्यहरुको मर्यादाक्रम सम्बन्धी व्यवस्था प्रचलित कानूनी व्यवस्था, नियुक्ति र वर्खास्तको प्रक्रिया तथा वहन गर्नुपर्ने जिम्मेवारी समेतलाई दृष्टिगत गरी पुनरावलोकन गर्न नेपाल सरकार समक्ष माग गर्ने निर्णय पनि गरेको छ ।
प्रदेश लोक सेवा आयोगको परीक्षा दस्तुर र पारिश्रमिक लोक सेवा आयोगबाट स्वीकृत दररेटसँग तादात्म्य हुने गरी एकरुपता कायम गर्न पहल गर्ने, परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन हरेक आ.व.को वार्षिक कार्यतालिका तयार गर्दा प्रदेश लोक सेवा आयोगहरुले यथासम्भव एकैपटक प्रकाशन गर्ने निर्णय पनि सम्मेलनले गरेको छ ।
त्यस्तै प्रत्येक वर्ष फागुन २३ र २४ गते लोक सेवा आयोगहरुको राष्ट्रिय सम्मेलनलाई निरन्तरता दिने निर्णय पनि भएको छ ।