२०८१ भाद्र २३

निःशुल्क अटो क्याड र ग्याँस वेल्डिङ एण्ड कटिङ तालिम
  • लुम्बिनी खोज
  • २०८१ असार २६, बुधबार १०:४७ गते

 

बुटवल २६ असार ।

ईन्स्योर परियोजना र रुपन्देही उद्योग संघको सहकार्यमा तथा बुटवल टेक्निकल ईन्स्टिच्युटको व्यवस्थापनमा संचालित २४ दिने निःशुल्क अटो क्याड र ग्याँस वेल्डिङ एण्ड कटिङ तालिमको बुधबार एक समारोहका बीच समापन गरिएको छ ।
बुटवल टेक्निकल ईन्स्टिच्युटका कार्यकारी निर्देशक अभिमन्यु भिमार्जुन पन्थीको अध्यक्षता एवं रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव भण्डारी, इन्स्योर हेल्भेटास नेपालका फिल्ड म्यानेजर ज्ञानप्रसाद चौधरी, शिप विकास ईकाईका संयोजक खिमानन्द रिजालले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।