२०८१ भाद्र २३

पहिरोमा परी त्रिशुलीमा खसेका बसका बेपत्ता यात्रुहरुको गोताखोरबाट खोजी सुरु
  • लुम्बिनी खोज
  • २०८१ असार २८, शुक्रबार ०४:२४ गते

बुटवल, २८ असार ।
चितवनमा भएको दुर्घटना स्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी तथा उद्धार कार्य सुरु गरेको छ । शुक्रवार बिहान ३ बजे भरतपुर २९ सिमलतालमा गएको पहिरोमा परेर दुई वटा गाडी बेपत्ता भएको थियो । दुवै गाडीमा गरी ६५ जना सवार थिए ।
स्थानीय बासीका अनुसार केही यात्रुले झ्यालबाट फलानेर बचेको र केही अझै बेपत्ता भएकाले खोजी सुरु गरिएको प्रहरीले जनाएको छ ।
भरतपुर महानगरपालिका वडा नं। २९ सिमलताल भन्ने ठाउँमा अविरल वर्षाका कारण ठूलो पहिरो झरी बिरगंजबाट काठमाडौँ जाँदै गरेको विङर गाडी र काठमाडौँबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स बस त्रिशूली नदीमा खसेका हुन ।