२०८१ आश्विन ६

नारायणगढ-मुग्लिन सडकमा पहिरोले बगाएको बस र यात्रुको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन
  • लुम्बिनी खोज
  • २०८१ असार २८, शुक्रबार ०४:३१ गते

काठमाडौ, २८ असार।
नारायणगढ(मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ(मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता भएको जानकारी दिँदै बेपत्ता यात्रुहरूको खोजी एवं प्रभावकारी उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिएका छन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणगढ–मुग्लिङ सडक खण्डको सिमतालमा पहिरोले दुईवटा बस त्रिशूली नदीमा खसेर बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन । सामाजिक सञ्जाल मार्फत उनले बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका हुन ।

उनले सबै क्षेत्रमा तत्काल खोजी र उद्धारका लागि गृह प्रशासन लगायत सरकारका सबै निकायलाई निर्देशन दिएका छन ।